डडेल्धुरा— डडेल्धुराको आलिताल गाउँपालिकामा सीसीटीभी क्यामेरा जडान गरिएको छ।
डडेल्धुराको आलिताल गाउपालिकामा गत जेठ २० गते पालिकाको प्रशासनिक भवनमा आगलागी भएको थियो।
गाउँपालिकाको प्रशासनिक भवनमा शंकास्पद रूपमा आगलागी भएपछि सुरक्षलाई द्ययालमा राख्दै पालिकाले १२ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

गाउँपालिकाले ८ वटा रेकर्ड र लाइभ हुने र चार वटा एचडी सीसी क्यामेरा जडान गरिएको आलितालका सूचना तथा सञ्चार प्रविधि अधिकृत नवराज ओझाले बताए । सीसीटीभी क्यामेराले गाउँपालिका परिसरको सबै क्षेत्रलाई समेट्ने गरी क्यामेरा जडान गरिएको हो।



सीसीटीभी जडानले गलत कार्य नगर्न सचेत गराउनुका साथै कतिपय बेला घटना घटिसकेपछि सम्बन्धित घटनाबारे सीसीटीभीको रेकर्डमार्फत् अध्ययन अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउनसमेत यसको प्रयोग प्रभावकारी भएको हुँदा सीसी क्यामेरा जडान गरिएको ओझाले बताउछन् ।

























