२०८१ चैत्र १४ बिहीबार
२०८१ चैत्र १४ बिहीबार

गाँउमा सडक पुग्दा सिगासबासी खुशी, निर्माण समितिलाई पैसाको माला लगाई सम्मान

टेक सिंह धामी/बैतडी – बझाङ र बैतडी दुइ फरक जिल्ला जोड्ने सडक खण्ड मध्यबिन्दु मा पुगेको छ। एक बर्ष पहिले निर्माण कार्य सुरुवात भएको सडकखण्ड बैतडी र बझाङ जोड्ने मार्ग बनेको छ। बझाङ बाट बैतडी सिगास को दोगाड सम्म आइपुग्दा कयौ चुनौती हरु झेल्दै आएको निर्माण समिति का अध्यक्ष नर ब धामी ले जानकारी दिनुभयो। 

बिभिन्न बिरोध र चुनौती को सामना गर्दै सिगास ९ दोगाड सम्म सडकखण्ड निर्माण कार्य सम्पन्न भएको र जनता द्वारा सम्मानित भएको जिकिर गर्नुभयो। स्थानीय समाजसेवी तथा नेकपा सिगास वडा नं ९ संगठन कमिटि का संयोजक समेत रहनु भएका जनक सिंह धामी को आथित्यमा एक कार्यक्रम का साथ निर्माण समिति र डोजर चालक लाइ फुलमाला सहित सम्मान गरिएको हो।

सडकखण्ड निर्माण का लागि अगामी दिन मा समेत पार्टी र ब्यक्तिगत तर्फ बाट सदैव साथ समर्थन हुने र सडक सन्जाल बिस्तार का लागि आफु सक्दो पहल  गर्ने धामी ले प्रतिबद्धता व्यक्त गरे।

सडक सन्जाल निर्माण हुदा सिगास का स्थानीय हरु दङ्ग छन्। यसअघि गाउँपालिका को केहि सिमित भु भागमा सडक सन्जाल ले छोएको भएपनि सडक सन्जाल को आशा मा बसिरहेका त्यस क्षेत्रका नागरिकलाइ गौरा को रौनक नै लागेको छ। अध्यक्ष नर ब धामी ले छिट्टै नै गाउँपालिका जोड्ने र सर्वप्रथम सिगास गाउँपालिका र बझाङ बित्थड चिर गाउँपालिका जोड्ने सडक को रुपमा यो सडकखण्ड स्थापित हुने दाबि गरे।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।