२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

अछाममा नगर प्रमुख र डिएसपीको पुतला दहन

डडेल्धुरा ः अछामको पंचदेवल विनायक नगरपालिकामा १६ वर्षीय बालक मृत अवस्थामा फेला परे सङगै सोमबार विनायक बजारमा आक्रोशित आफन्तले नगर प्रमुख अम्बिका चलाउने, अछामका प्रहरी प्रमुख रविराज थपलिया, निवर्तमान वडा अध्यक्ष सज्जनबहादुर शाहीको पुतलामा दहन गरेका थिए ।

नेपाली कांग्रेसका समर्थकले हत्या गरेको आरोपमा शनिबारदेखि आन्दोलनमा उत्रिएका किशोरका आफन्तले मध्य पहाडी लोक मार्गमा चक्काजाम समेत कायम राखेका छन्।

नगरपालिकाको वडा नं ४ कालिकाका १६ वर्षीय विनोद शाही मृत अवस्थामा भेटिएपछि शनिबारदेखि विनायक तनावग्रस्त बनेका छन् । जेठ १७ गते साँझदेखि बेपत्ता किशोरीको शव २१ गते बिहान कुच्ची भीरमा फेला परेको थियो ।

शव भेटिएसँगै नगरप्रमुख चलाउने सहित १८ जनाका नाममा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आफन्तहरू आन्दोलनमा छन्। किटानी जाहेरी दर्ता नहुन्जेल किशोरको शव उठाउन नदिने आफन्तको अडान छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।