धनगढीः संघीय सरकारमार्फत आगामी आर्थिक वर्ष २०७९— ८० मा प्रदेश र स्थानीय सरकारले पाउने अनुदानको विवरण आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ।



जसमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्मथलोका लागि सबैभन्दा न्यून बजेट छुट्याइएको पाइएको छ। ७ स्थानीय तह रहेको डडेल्धुरामा सबैभन्दा कम बजेट गन्यापधुरा गाउँपालिकालाई विनियोजन भएको हो।
डडेल्धुराका लागि छुट्याइएको कुल २ अर्ब ५९ करोड ७२ लाख बजेटमध्ये गन्यापधुरा गाउँपालिकाका लागि २८ करोड ९४ लाख छुट्याइएको छ। डडेल्धुरामा सबैभन्दा बढी बजेट अमरगढी नगरपालिकाका लागि ५० करोड ४४ लाख छुट्याइएको छ।
कुन पालिकामा कति बजेटः
१)अमरगढी नगरपालिकाका ५० करोड ४४ लाख
२) परशुराम नगरपालिकाका ४८ करोड ६ लाख
३) अजयमेरु गाउँपालिकामा ३६ करोड ९२ लाख
४)आलिताल गाउँपालिकामा ३२ करोड ७८ लाख
५) नवदुर्गा गाउँपालिकाका ३१ करोड ४३ लाख
६)भागेश्वर गाउँपालिकामा ३१ करोड १५ लाख
७) गन्यापधुरा गाउँपालिकाका लागि २६ करोड २८ लाख

























