२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

विमान बेपत्ताबारे मुस्ताङका स्थानीयले दिए यस्तो नयाँ अपडेट

पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT) कल साइनको ट्विनअटर विमान खोजीको लागि टोली मुस्ताङको घाँसा केन्द्रित भएका छन्।

स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो । १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान लेतेमा ठोक्किएको हो।

हेलिकोप्टरमा प्रहरी टोली र विमानस्थलका कर्मचारीहरु खोजीमा गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्सपेक्टर राजकुमार तामाङले बताए। मौसमका कारण समस्या भएको उनले बताए।
यी हुन् सम्पर्कविहीन ताराको जहाजका सवार २२ जना
१.वाजभवी बन्देकर, २. इन्द्र बहादुर घले, ३.पुरुषोत्तम घले, ४. राजन कुमार घले, ५. वसन्त लामा, ६. गणेश नारायण श्रेष्ठ, ७. रविना श्रेष्ठ, ८.रष्मि श्रेष्ठ, ९. रोजिना श्रेष्ठ, १०. प्रकास सुनुवार, ११. मकरबहादुर तमाङ, १२. राममाया तमाङ, १३.सुकुमाय तामाङ
१४.तुलसा देवी तमाङ, १५. अशोक कुमार त्रिपाठी, १६ धनुष त्रिपाठी, १७ रितिका त्रिपाठी, १८ युडब्लुई विल्नर, १९. मेइके ग्रिट ग्राफ, चालक दलको सदस्यमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल, एयर होस्टेज किस्मी थापा

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।