२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

अबदेखि १२ कक्षा पढेर २० वर्ष पारी विहे गर्ने छोरीलाई ५० हजार

अबदेखि १२ कक्षा पढेर २० वर्ष पारी विहे गर्ने छोरीलाई ५० हजार
काठमाडौं। सर्लाहीको चन्द्रपुर गाउँपालिकाले कक्षा १२ पुरा गरेर २० वर्ष पारी विवाह गर्ने छोरीलाई सम्मानस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले शुक्रबार पदभार ग्रहण गर्दै पालिकाभित्रका छोरीहरुले उच्च शिक्षा पुरा गरी २० वर्ष पारी विवाह गरे सम्मान स्वरुप ५० हजार रुपैयाँ दिने पहिलो निर्णय गरेका हुन्।

सो पालिकामा वर्षेनी अत्यधिक मात्रामा हुने बाल विवाहलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको अध्यक्ष महतोले बताए।

‘हाम्रो पालिकामा वर्षेनी ५० भन्दा बढी बालविवाह, २० भन्दा कम उमेरमा भागी विवाहको घटना हुने गरेको छ’ उनले भने, ‘त्यसलाई निरुत्साहित गरि अवसरको रुपमा शिक्षाको मूलधारमा ल्याउन र आत्मनिर्भर बनाउन यस्तो निर्णय गरेका हौं।’ नेपालपाना

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।