२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

बैतडीमा फुपू नातापर्ने १६ वर्षीया बालिकामाथी बलात्कारको आरोप


बैतडी,
बैतडीमा नाबालिग किशोरीमाथी बलात्कारको आरोप लागेको छ । मेलौली नगरपालिकाका २२ वर्षीय अशोक बहादुर चन्दले १६ वर्षीय नाबालीगमाथी बलात्कार गरेको आरोप लागेको हो ।
३ महिना पहिले बलात्कार गरेको बुझिएको छ । आफन्तका अनुसार गर्भवती भएको थाहा पाएपछि घटना बाहिरिएको हो ।
किशोरीका आफन्तले जिल्ला प्रहरी कार्यालय बैतडीमा अशोक चन्दले बलत्कार गरेको भन्दै निवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी प्रहरी निरिक्षक लोक राज जोशीका अनुसार आरोपीत चन्द फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको छ । ‘किशोरीका आफन्तले शुक्रबार निवेदन दिएका हुन्, आरोपीतको खोजी भइरहेको छ ’ उनले भने ।
जिल्ला अदालतबाट पनि पक्राऊ पुर्जी आइसकेको र आरोपित चन्दको खोजी भइरहेको छ ।
आरोपीत अशोक हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी समेत रहेका थिए । उनको बिहे भईसकेको र १ महिनाको छोरी समेत रहेकी छिन् । आफन्तका अनुसार बलात्कृत किशोरी आरोपीत चन्दका फुपू समेत हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।