२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

करारमा कर्मचारी भर्ना गर्न पाईदैन भन्दै ने .वि.संघ ले गर्याे डडेल्धुरामा बिराेध

डडेल्धुरा / अमरगढि – बिहिवार डडेल्धुरा सदरमुका भिम्दत्त चाेकमा सरकारले लोक सेवा आयोगबाट नभइ करारमा कर्मचारी भर्ना लागेको भन्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले विरोध जनाएको छ।
कर्मचारी भर्ना निस्पक्ष हुनुपर्नेमा सरकारले आफ्ना कार्यकर्ता पोस्ने विधि अपनाएर २ हजार १५ वटा करार दरबन्दी स्विकृत गरी कर्मचारी भर्ना गर्न लागेको भन्दै नेविसंघ डडेल्धुराले विरोध र्‍यालीको आयोजना गरेको हो।

बिहिवार ने .वि .संघ डडेल्धुराले बसपार्कदेखि भीमदत्त चोकसम्म विरोध र्‍यालीको आयोजना गर्दै चोकमा कोणसभा सम्पन्न गरेको छ।
ओली सरकारले लोकसेवा आयोगलाई ‘कु’ गरेर नातावाद, क्रिपावाद र चाकडीवादलाई प्रोत्साहन दिएको उनीहरुको आरोप थियो।

ने .वि.संघका कार्यकर्ताले करार कर्मचारी भर्ना प्रक्रिया तत्काल रोक्नुपर्ने र लोकसेवा आयोगबाट मात्र कर्मचारी भर्ना प्रक्रिया अगाडी बढाउनुपर्ने माग राखेका ने बि संघ डडेलधुरा काठमाडौ सम्पर्क समितिका सहसचिव पवन ऐरले जानकारि दिनुभयाे ।

डडेल्धुरामा रहेका सातै स्थानीय तहहरुकाे हालसम्मको खर्च विवरण सार्वजनिक गर्न समेत माग राखेकाे ऐरले बताउनुभयाे ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।