डडेल्धुराको भागेश्वर गाउंपालिकामा अत्याधिक बहुमतका साथ नेपाली काँग्रेस बिजयी भएको छ ।
कांग्रेसका तर्फ बाट अध्यक्षका उम्मेदवार हेम राज चटौतले २ हजार ३ सय १९ मत ल्याई बिजयी भएका हुन। चटौट नेपाली काँग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका सचिव पनि हुन । उनका प्रतिद्धोन्दि राम बहादुर शाहीले १ हजार ७८ मत पाएका थिए। पालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै पुष्पा ठकुराठी २ हजार ३ सय ४८ मत ल्याई बिजयी भएकि छन।
उनका प्रतिष्पर्धि नेकपा माओवादीकी गीता भट्टले ८ सय ३२ मत ल्याएकि थिईन।



Views: 168


















