अमरगढीमा ३९ मतले हरि भन्दा डिल्ली अगाडि
डडेल्धुराः डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ। काँग्रेसका उम्मेदवार डिल्ली जोशीले २९३२ र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले २८९३ मत पाएका छन्। यी दुईबीचको मतान्तर ३९ रहेको छ।
यस्तै उप प्रमुखमा काँग्रेसका उमेदवार पार्वती झुकालले २८९२ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले २७३२ मत पाएका छन। अहिले वडा नम्बर नौं को मत गणना कार्य जारी छ।
युनिटि खबर बाट



Views: 286

























