डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस (बीपी) विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र बहादुर साँकीलाई पराजित गर्दै कांग्रेस बीपीका नरबहादुर साँकी विजयी भएका हुन ।



अध्यक्षमा विजयी कांग्रेस बीपीका साँकीले ३ सय ४० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार साँकीले ३ सय १६ मत प्राप्त गरेका छन् ।
कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवालाई १ सय २९ मतले पराजित गर्दै प्रधानमन्त्रीको वडामा कांग्रेसबाट विद्रोह गरेर बीपी कांग्रेसको चुनाव चिह्न करुवाबाट चुनाव लडेका नरेश भण्डारी निर्वाचित भए । भण्डारीले ६ सय ७३ मत ल्याए भने पराजित कांग्रेसका देउवाले ५ सय ४४ मत पाएका छन् ।
Views: 162

























