२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

बालेनको हारजितमा २८ किलाको खसी बाजी राख्ने दुई युवक प्रहरी नियन्त्रणमा

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन (बालेन्द्र) शाहको हारजितको विषयलाई लिएर बाजी राखेको आरोपमा प्रहरीले २ युवकलाई पक्राउ गरेको छ।
शाहको हारजितको विषयमा लिखित रुपमा २८ किलोको खसीको बाजी गरेको विषय सार्वजनिक भएपछि प्रहरीले बाजी राखेको आारोपमा खोटाङको दिक्तेल मझुवागढी नगरपालिका–५ का विजय फुयाल र रमेश खड्कालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालका अनुसारलाई उनीहरुलाई सोधपुछका लागि बोलाइएको छ। उनीहरु अहिले प्रहरी कार्यालयमै छन्। कानुन विपरीत हारजित हुने गरी सट्टाबाजी राखेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।