२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढी र डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ७९ जनाको कोरोना परीक्षण भएकोमा ६ महिला र दुई पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्बर १ का तीन पुरुष र कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का एक पुरुषमा संक्रमण पुष्टि भएको बताए।

उनका अनुुसार अछामको साँफेवगर नगरपालिका वडा नम्वर ३ का दुई पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ७ र शुक्लाफाँटा नगरपालिका वडा नम्वर १ की एक/एक महिलामा संक्रमण पुष्टि भएको छ। 

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको छ। तीन सय ५२ जनाको स्वाब परीक्षण गरिएकोमा दुई जनामा संक्रमण देखिएको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी भुषालले जानकारी दिए।

उनका अनुसार डोटीको दीपायल सिलगढी नगरपालिकाका एक पुरुष र बैतडीको सिगास गाउँपालिकाका एक पुरुषमा  कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय ६९ पुगेको छ।

सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ८५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीमा सात सय ९५, अछाममा सात सय ३३, बाजुरामा ६ सय २२ र कञ्चनपुरमा ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डडेल्धुराका तीन सय १२, बैतडीका तीन सय एक, बझाङका दुई सय ९६ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार ८३ जना डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ। 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।