२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

कृष्णपुर ०१ मा काङ्ग्रेसको सुरुवाती जित , प्यानल सहित बस्नेत दोस्रो पटक विजयी

जनक महरा । कंचनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसले विजय सुरुवात गरेको छ । नेपाली कांग्रेसले कृष्णपुर नगरपालिका वडा नम्बर ०१ बाट विजय सुरुवात गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालय कृष्णपुरका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर ०१ मा नेपाली कांग्रेसका मोहन बहादुर बस्नेत सहित पुरै प्यानल सहित निर्वाचित भएको जानकारी दिएको छ । बस्नेतले माओवादी केन्द्र (गोलाकार भित्रको हसिया हथौडा) का बुढालाई ३३७ मतको अन्तरले हराउँदै पुरै प्यानल सहित निर्वाचित हुनु भएको हो । बस्नेतले १२५३ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको हो ।
उहाँका प्रतिस्प्रर्धी माओवादी केन्द्र (गोलाकार भित्रको हसिया हथौडा) का ईस्वर बुढाले ९१६ मात्रै प्राप्त गर्नुभएको छ । यस्तै एमालेका शिशिर भण्डारीले ८३१ मत प्राप्त गरेका छन । यस्तै वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका सबै सदस्यहरु निर्वाचित भएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।