२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

भागेश्वरका हेलिकप्टरबाटै बिउ छर्ने उम्मेदवारलाई दुई मत


काठमाडौं।
हेलिकप्टरबाटै बिउ छर्नेदेखि पशु बस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा गरेका डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्रतर्फ वडाध्यक्षको उम्मेदवारी दिएका खडक ठकुराठीले मात्र दुई मत पाएका छन्। वडामा खसेका कुल मतमध्ये ६ सय मत गणना सकिदासम्म उनले मात्र दुई मत पाएका छन्। यो वडामा १ हजार १२६ मत खसेको थियो। उम्मेदवारी दर्ता गराउनु अघि उनले चुनावी घोषणा पत्रमा हेलिकप्टरबाटै बिउ छर्नेदेखि हेलिकप्टरबाटै सिँचाइको व्यवस्था गर्ने वाचा गरेका थिए।
ठकुराठीले नागरिकलाई ३६५ दिननै दसैँ मनाउने व्यवस्था गर्नेदेखि पशुवस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा घोषणापत्रमा गरेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।