डडेल्धुरा । मोटरसाईकल दुर्घटना हुदा एक युवकको मृत्यु भएको छ । एक जना घाईते भएका छन । भिमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको अमरगढी नगरपालिका–१ ढुनढुनेमा शनिवार दिउसो मोटरसाईकल दुर्घटना हुदा एक जना युवकको घटना स्थलमै मृत्यु भएको हो ।
डोटीको आदर्श गाउँपालिका घर भई तराई तर्फ जादै गर्दा मोटरसाईकल दुर्घटना भएको स्थानियले बताएका छन । मृतक र घाईतेको परिचय खुल्न सकेको छैन । अहिले शव र घाईतेलाई डडेल्धुरा अस्पताल पुगाईएको स्थानिय गणेश थापाले बताए ।



Views: 275




















