२०८३ भाद्र १ सोमबार
२०८३ भाद्र १ सोमबार

प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसले खोल्यो खाता, प्यानल सहित वडाध्यक्षमा विजय

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेसले खाता खोलेको छ । देउवाको गृहपालिकासमेत रहेको गन्यापधुरा ४ मा वडाध्यक्षसहितको प्यानल विजय भएको हो ।
नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार भट्टले १ हजार २९ मतमध्येमा मत ल्याएर प्यानलसहित विजय भएका छन् । कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार भट्ट ६ सय २४ मतले विजय भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लोगराज भट्टले १ सय ८४ मत ल्याएका छन् । माओवादी केन्द्रकी अहिल्या कुवरले १ सय ४९ मत ल्याएकी छन् । घोषणा गर्न बाकी रहेको छ ।उक्त पालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै अग्रता रहेको छ । भट्ट कांग्रेस डडेल्धुरा जिल्ला सदस्य समेत हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।