२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन २ मतको अन्तरले विजयी

घनश्याम खडका
मुस्ताङ — मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार २ मतको अन्तरले विजयी भएका छन् । उनले एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गरेका हुन् । उक्त पालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएको छ ।
अन्तिम मतपरिणाम अनुसार कांग्रेसका मोहनसिं लालचन ७ सय ६० मत लिएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाए । अध्यक्षमा २ भोट मतान्तरले कांग्रेस विजयी भएका हुन ।

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै जमुना थापा मगरले ६ सय ९३ मत लिएर विजयी भईन । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाइन् ।

मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीका अनुसार घरपझोङ गाउँपालिकामा १ हजार ५ सय ९८ मत खसेको थियो । वडा ३ मा एमालेको प्यानल र ४ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडा नम्बर १, २ र ५ मा अध्यक्ष तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।