कञ्चनपुर – महेन्द्रनगर ट्राफिक चोक नजिकै रोड क्षेत्रमा रहेको भानु पार्टी प्यालेस परिसरमा बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता नायब उपरीक्षक अमर बहादुर थापाका अनुसार बुधबार राति २ बजे भेटिएको प्रेसर कुकुर बमलाई बिहान ६ः ३० मा नेपाली सेनाको टोली निष्क्रिय पारेको छ ।
भानु पार्टी प्यालेशको दक्षिण तिर शनिदेब निमार्ण सेवा कम्पनिको भवन नजिक झोलाभित्र राखेर छाडिएको अवस्थामा बम भेटिएको छ ।
बम भेटिएको क्षेत्रमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा भेटिएको प्रवक्ता थापाले बताए छन् ।
Views: 42