बैतडी । स्क्रब टाइफसका कारण बैतडीकी एक बालिकाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –३ श्रीकोटकी १४ वर्षीया पुजा जोशीको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दै गर्दा बाटोमै मृत्यु भएको हो।
स्क्रब टाइफसबाट संक्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पतालहुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो। धनगढीमा उपचार सम्भव नभएपछि उपचारका लागि कोहलपुर लैजाँदै गर्दा चिसापानीमा बालिकाको मृत्यु भएको उनका आफन्तले शंकरदत्त भट्टले बताए।
Views: 51