२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

प्रधानमन्त्री देउवा भोली गृह जिल्लाका दुई चुनावी आमसभालाई सम्बोधन गर्ने

डडेल्धुराः नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुराको चुनावी आमसभालाई सम्बोधन गर्न आउने भएका छन्। प्रधानमन्त्री देउवाले मंगलबार डडेल्धुराका दुई चुनावी आमसभालाई सम्बोधन गर्ने नेपाली कांग्रेस, डडेल्धुराले जनाएको छ।

उनले मंगलबार बिहान जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने चुनावी आमसभा र दिउँसो भित्रीमधेसको परशुराम नगरपालिकाको लालढुङ्गा बजारको सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारीले जानकारी दिए। देउवा सोमबार साँझ डडेल्धुरा आइपुग्नेछन्।

प्रधानमन्त्री देउवासँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केन्द्रीय नेताहरूले पनि आमसभालाई सम्बोधन गर्ने सचिव भण्डारीले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।