२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली २२ गते सुदूरपश्चिम आउने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २२ गते सुदूरपश्चिम प्रदेश आउने भएका छन् । स्थानीय तह निर्वाचनको चुनावी आम सभालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम प्रदेश आउन लागेका हुन् ।

२२ गते कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आम सभालाई उनले सम्बोधन गर्ने एमाले कैलालीले जनाएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी आम सभा हुने भएको छ । कैलालीको बर्दगोरीया वा लम्की चुहामध्ये एक स्थानमा पनि चुनावी आम सभाको तयारी भइरहेको छ । २२ गते एमाले अध्यक्ष ओली आउने कार्यक्रमको लागि तयारी सुरु भएको एमाले कैलालीका इन्चार्ज नारदमुनी रानाले जानकारी दिए ।
एमाले कैलाली इन्चार्ज नारद मुनी रानाको अध्यक्षतामा अध्यक्ष ओली आउने कार्यक्रमका लागि मूल परिचालन समिति गठन गरिएको छ । तयारीको लागि जनपरिचालन समिति, मञ्च व्यवस्थापन, स्वयमसेवक व्यवस्थापन, यातायात व्यवस्थापन समिति र प्रचार प्रसार तथा मिडिया व्यवस्थापन समिति गठन गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।