२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

सुदूरपश्चिमका मन्त्री बोहराविरुद्ध उजुरी, आचारसंहिता उल्लंघन गरेको आरोप

धनगढी: आचारसंहिताको उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहराविरुद निर्वाचना आयोगमा उजुरी परेको छ। मन्त्री बोहराले नेपाली काँग्रेस डडेल्धुराले आयोजना गरेको चुनावी आमसभामा सहभागिता जनाएको भन्दै उजुरी परेको हो।
स्थानीय तह निर्वाचन २०७९ प्रायोजनका लागि जारी भएको आचारसंहिताको परिच्छेद ३ मा पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नुपर्ने प्रावधान अन्र्तगत नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले पालना गर्नुपर्ने आचरणमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको छ। सोही बुँदाको अवेज्ञा गरेको भन्दै सर्वसाधारणले दिएको तस्बिर र भिडिओसहितको प्रमाणका आधारमा मन्त्रीविरुद्ध उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ।
उजुरी दर्ताका सम्बन्धमा आवश्यक निर्णय गरि सम्बन्धित निकायमा सूचना पठाइसकेको र छानविनको प्रकृयामा रहेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंगेनीले जानकारी दिएका छन्। उनी अमरगढी नगरपालिकाका विभिन्न वडाहरुमा गरिएका चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी भएका थिए। दिनेश खबर बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।