दिपक राज भट्ट (डडेल्धुरा) डडेल्धुरामा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराको आयोजनामा नेपाली सेना रणबम गण, दह ब्यारेकले आइतबार जिल्ला सदरमुकाम बागबजारस्थित बस पार्कमा डेमो प्रदर्शन गरिएको थियो ।



डडेल्धुरा सदरमुकाममा वर्षेनि आगलागीका घटना घट्ने गर्दछन् । डेमो रिहर्सलमा प्रारम्भिक उद्दार कसरी गर्ने र घटनाको चारकिल्ला कसरी सुरक्षित राख्ने, विपद्का बेला स्थानीयसँग कसरी समन्वय गर्ने रु भन्ने कुराको डेमो गरिएको थियो ।
त्यसैगरी घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने ?, पीडितको पुर्नस्थापना कसरी गराउने ?, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने रु लगायतका विषय डेमोमा प्रदर्शन गरिएको थियो ।
आगो नियन्त्रण सम्बन्धी डेमोमार्फत जनचेतनामुलक कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । यो समयमा घट्नसक्ने आगलागी जस्ता विपद्लाई सहजरुपमा अवतरण गर्न सकियोस् भन्ने उद्देश्यले डोमो प्रदर्शन गरिएको उनले बताए ।
यसैबीच, सिलिण्डरको रेगुलेटरमा आगो सल्केको अवस्थामा कसरी आगो नियन्त्रण गर्न सकिन्छ भनेर समेत डेमो प्रदर्शन गरिएको थियो ।
गर्मि याममा वनजंगलमा आगलागिका घटना भने कम हुन सकेका छैनन् । डडेल्धुरामा वन क्षेत्रले करिव ७५ प्रतिसत क्षेत्रफल ओगटेको छ ।
सामुदायिक वनहरु निमार्ण गरेर वन संरक्षण गर्ने लक्ष्य रहेता पनि गर्मियाममा भने डडेल्धुराका अधिकान्स वनहरुमा आगलागि हुने गर्दछ । सुख्खायाममा पानी अभाव हुने र घास उत्पादन नहुने भएकाले बर्खा सिजनमा घासले राम्रो उत्पादन दिन्छ भन्ने मान्यताले कहिकतै वनका उपभोक्ताचहरुले नै आगो लगाउने गरेको पाईन्छ ।
डडेल्धुरामा रहेको महाभारत वनमा डडेल्धुराका अधिकान्स क्षेत्रका पानीका मुलहरु रहेको क्षेत्र हो । यस महाभारतको संरक्षण हुन नसकेका निकट भविश्यमै यहाका आम नागरिकले पानी सम्स्या भोग्नु पर्नै छ ।
कसरि नियन्त्रण गर्न सकिएला आगलागी ः
डडेल्धुराका वनहरुमा हुने आगलागीका घटनाहरु कम गर्नका लागि स्थानीय स्तरमै अग्नी नियन्त्रण टोली बनाउने , अग्नी रेखा तयार गर्ने, चुरोट तथा अन्य आगलागि हुने वस्तुहरु लाई नियन्त्रण गर्ने , जनचेतना फैलाउने ।
आगलागि गराउने व्यक्तिहरु लाई नियन्त्रण मा लिएर कानुनी कारवाहि गर्ने गरेका आगलागिका घटनाहरुमा कमी आउनुसक्छ ।


















