२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

अधिकृत माग्दै प्रदेश लोक सेवाले खुलायो दरखास्त

प्रदेश नम्बर १ लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूमा दरखास्त आह्वान गरेको छ।

प्रशासनतर्फ अधिकृतमा ३७ जनाको माग भएको छ। यस्तै इन्जिनियरमा ९ जनाको माग भएको छ। कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ जना माग भएको छ भने सहायक बाली विकास अधिकृतमा दुई जना माग भएको छ। बाली संरक्षण र बागबानीमा एकेक जना अधिकृत माग भएको छ।
यस्तै भेटेरेनरीतर्फ सहायक पशु चिकित्सकमा ५ जना र शिक्षातर्फ अधिकृतमा ८ जना माग भएको छ। लिखित परीक्षा प्रशासनतर्फ अधिकृतका लागि साउन ७ गते अपरानह ३ बजे हुनेछ भने इन्जिनियरका लागि साउन १३ गते अपरान्ह ३ बजे परीक्षा हुनेछ। सूचना र परीक्षा तालिका आजको गोरखापत्रमा प्रकाशित गरिएको छ। परीक्षा केन्द्र विराटनगरमा हुनेछ। जेठ २ गतेसम्म इच्छुकले दरखास्त दिन पाउनेछन्।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।