२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

अमरगढीमा काँग्रेसबाट मेयरमा जोशी र उप— मेयरमा झुकाललाई टिकट

डडेल्धुरा —
डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा डिल्लीराज जोशी र उपमेयरमा पार्वती झुकालले टिकट पाएको छन् । अन्तीमसम्म चर्चामा रहेका तारक बुढाऐरलाई नदिएर काँग्रेसले जोशीलाई टिकट दिएको छ । २०७४ सालको निर्वाचनमा एमालेका बिपीन ओझासंग पराजीत जोशीले पुनः उम्मेदवारी लिने तयारीमा रहेको काँग्रेस महाधिवेशन प्रतिनिधी जगत ऐरले जानकारी दिए ।

अमरगढीमा विपी काँग्रेस र एमालेको साझाँ उम्मेदवारको रुपमा हरिप्रशाद भट्टलाई अगाडी सरेको छ । आजै सबैले उम्मेदवारी दर्ताको लागि फारम भरिरहेका छन् ।

जिल्लाको आलिताल गाउँपालिममा एक जनाले स्वतन्त्र उमेदवारी दर्ता गराइएका छन् । नेपाली काङ्ग्रेस आलिताल गाउँपालिका वार्ड नं २ का वडा कमिटी सदस्य समेत रहेका बिर बहादुर मल्ले स्वतन्त्र उमेदवारी मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत मदनराज जोशिले बताएका छन् ।

उता नेपाली काङ्ग्रेसबाट राजनिति गरेको दशकौं भए पनि आफुलाई पार्टीले मुल्यांकन नगरेको उनको भनाइ छ । पार्टीमा टिकेट दिदा आसेपासे , नातेदार र पैसा वालालाई मात्र हेरेर टिकट दिएको बताए । आफुसंग जनमत रहेको र आफुले वडा अध्यक्षमा सहजै चुनाव जित्ने उनको दावी छ ।

पार्टीले भने वडा अध्यक्षमा प्रमोद मल्ललाई उमेदवार बनाउने निर्णय गरेको छ । पछील्लो समय नेपाली कांग्रेस डडेल्धुरामा कार्यकर्ताहरु बिच चर्को असन्तुष्टि रहदै आएको छ । देउवाको नेतृत्व प्रति असन्तुष्ट कर्ण मल्ल पक्षले पनि आज नै नेपाली कांग्रेस विपिबाट उमेदवारी दर्ता गराउँदै छ । ईन्फोखबर

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।