२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

नयाँ पुस्ताको चिन्ता गर्नेहरुले मलाई भोट दिनुहुन्छ बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ९बालेन०ले नयाँ पुस्ताको चिन्ता गरेर पुरानै पुस्तालाई भोट गर्नु उचित नहुने बताएका छन् ।

आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै शाहले यस्तो आग्रह गरेका हुन् । ‘राजनीतिक दल र नेताहरुलाई गाली गर्नुको कारण देख्छु– नयाँ पुस्ताको चिन्ता । अहिलेको पुस्ताले परिवर्तन ल्यायो, जनताको छोरो शासन सत्तामा पुग्ने भयो । अब छोराछोरीको भविष्यको चिन्ता छ । शिक्षा र स्वास्थ्यमा परिवर्तन चाहिएको छ’ उनी भन्छन्, ‘आशा छ, नयाँ पुस्ताको चिन्ता गर्नेहरुले नयाँ पुस्तालाई नै भोट दिनुहुन्छ ।’

नेपालको विकास मोडलमा समस्या देखेको उनी बताउँछन् । ‘मैले इन्जिनियरिङ पढें । बुझ्दा हामीले गरिरहेको विकास गलत रहेछ । ०७२ को भूकम्पमा सय वर्ष पुरानो माटाका घर नभत्किने, आधुनिक घर भत्किने यो किन भयो रु’ शाह थप्छन्, ‘एउटा मात्रै मापदण्ड भनेर वा फलाम बढी हाल्दैमा विकास दिगो हुन्छ भन्ने मानसिकता गलत छ ।’

पत्रकारहरुले कसरी सुशासन कायम गर्नुहुन्छ रु भनी गरेको प्रश्नमा उनले सक्दासम्म कार्यपालिकाको बैठक लाइभ गर्ने बताए । ‘कार्यपालिकाको बैठक लाइभ गर्ने । यसो गर्दा जनताले कुन–कुन एजेण्डामा क–कसले कस्तो भूमिका खेल्यो भन्ने थाहा पाउनुहुन्छ र सोही अनुसार चुनावमा निर्णय गर्न सक्नुहुन्छ ।’

सुशासन कायम गर्ने महानगर प्रमुखले नै रहेको उनी बताउँछन् । ‘मेयर आफैं भ्रष्टाचारी भयो भने अर्कोले १०० रुपैयाँ माग्छ, अर्कोले माग्छ । यसकारण समस्या हुँदै आएको देखिन्छ,’ शाह भन्छन् ।
घोषणापत्रमा के छ –

शाहले २८ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् । शिक्षामा सूचना प्रविधि, सीप, उद्यमशीलतालाई जोड दिने, स्वास्थ्यमा प्रत्येक वडामा नियमित स्वास्थ्य परीक्षणका लागि क्लिनिकको सुरुवात गर्ने, ७० वर्ष माथिका नागरिकको उनीहरुकै घरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका विषय समावेश छन् ।

पूर्वाधार विकास, यातायात व्यवस्थापन, पानीको व्यवस्थापन गर्ने लगायतका विषयलाई पनि उनले घोषणापत्रमा समावेश गरेका छन् ।

प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापनसँगसँगै काठमाडौंको संस्कृतिको थप विकास गर्ने र सम्पदा संरक्षण गर्ने उनको प्रतिवद्धता छ । खुला ठाउँलाई हरियाली बनाउने, जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ताको प्रमाणपत्र घरमै पुगेर दिने, वृद्ध भत्ता घरमै गएर दिने उनको योजना छ ।

साहले ‘आइडिया बैंक’ को अवधारणा पनि ल्याएका छन् । जहाँबाट अदक्ष र दक्ष जनशक्तिहरुको तथ्याङ्क संकलन गरी रोजगारी र उद्यमशीलताका अवसरहरु खोज्ने, स्थानीय उत्पादन, साना र घरलु उद्योगमा जोड दिने भनिएको छ । आइडिया बैंकमार्फत युवाहरुलाई व्यक्तिगत करिअर मार्ग पत्ता लगाउन परामर्श र कोचिङ दिने पनि शाहको घोषणापत्रमा उल्लेख छ ।

सुरक्षा अन्तर्गत अपराध नियन्त्रण गर्न काठमाडौंमा प्रारम्भिक चरणमा १० हजार सीसीटीभी जडान गर्ने उनको प्रतिवद्धता छ । नगरपालिका प्रहरीको संख्या बढाउने पनि उनको घोषणा छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।