२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

अमरगढि नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुंदा सेवाग्राहि समस्यामा

अमरगढि नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुंदा सेवाग्राहि समस्यामा छन ।
कार्यालय प्रमुख नहुंदा दैनिक काम काज बाहेक सबै काम प्रभावित भएको एक कर्मचारीले बताए । पुंजिगत तर्फ का सम्पुर्ण काम काज हुन न सक्दा उपभोक्ता समिती र ठेक्का मार्फत भएका काम हरु सम्पन्न भैसकेका भएपनी आर्थिक काम हुन सकेको छैन ।
ति कर्मचारीका अनुसार बाजुराको बुढि नन्दा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढा अमरगढिमा प्रमुख प्रशासकिय अधिकृतका रुपमा सरुवा भएर बैशाख ५ गते आईपुग्ने सम्भावना छ । प्रशासकिय अधिकृत बुढाले आफु लाई फोन गरि दिपायल सम्म अमरगढिको गाडि पठाउन भनेको अमरगढिका कर्मचारी हेमन्त पन्तले बताए ।

प्रमुख प्रशासकिय अधिकृत भने बुढि नन्दा बाट सरुवा भैसकेको र अहिले घुमघामका लागी रारा गएकाले त्याहा फोन सम्पर्क हुन नसकेको जानकारि भएको बुढि नन्दाका सुचना अधिकारी राम दत्त न्यौपानेले रेडियो सुदुर आवाज लाई भने ।
अमरगढि नगरपालिकाका प्रमुख बिशेश्वर प्रसाद ओझाले नयां प्रशासकिय अधिकृत आउने भन्ने सुनेको तर सम्पर्क न भएको बताए

डडेल्धुराको अमरगढि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी बहादुर चन्दको सुदूरपश्चिम प्रदेशको मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा भईसकेको छ ।
नगरपालिकामा एक आर्थिक बर्षमा करिव ६ महिना सम्म प्रमुख प्रशासकिय अधिकृत नहुंदा कुनै पनि काम हुन सकेका छैनन ।

करिव एक महिना जती मात्र अमरगढिमा बसेका चन्द बिदा बसेका थिए । बिदामै बसेका बेला उनि सरुवा भएर गए ।
चन्द पुर्व लक्ष्मी प्रशाद उपाध्याय प्रमुख प्रशासकिय अधिकृतका रुपमा रहेकोमा उनि सरुवा भएको झण्डै तीन महिना पछि चन्द अमरगढिमा प्रशासकिय अधिकृतका रुपमा आए तर खासै काम हुन सकेन ।
रेडियो सुदुर आवाज

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।