२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

जेठको तेस्रो हप्ता कक्षा ११ को परीक्षा गर्न बोर्डको निर्देशन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी सञ्चालन गर्ने÷गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो । बोर्डले सूचना जारी गर्दै शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने कार्य भईरहेको जनाएको छ ।

‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७’ को परिच्छेद ७ को दफा ९ को ४ (१) ‘क’ अनुसार विद्यार्थीको रजिष्ट्रेसन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डका प्रदेश परीक्षा व्यवस्थापनरशाखा कार्यलयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराईने जानकारी बोर्डले दिएको छ ।

विद्यार्थीले कक्षा ११ को परीक्षामा बोर्डद्वारा प्रदान गरिएको सिम्बोल नम्बर उल्लेख गरी परीक्षा दिनुपर्ने व्यवस्था रहेको र सो सम्बन्धमा कार्यविधिको परिच्छेद ४ को दफा ६ को (२) बमोजिम बोर्डले तोकेको मापदण्ड अनुरुप हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेकोले सोही अनुसार गर्नरगराउन निर्देशन दिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।