२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

भागेश्वर ०४ मा यी हुन चर्चामा आएका नामः बृद्ध देखि युवा मैदानमा

कसले मार्ला बाजि
डडेल्धुरा (दिपक राज भट्ट) ः देशभर स्थानीय चुनावको चर्चा बढे संगै भागेश्वरमा पनि चुनावि चर्चा सुरु भएको छ । हाल गाउपालिकामा नेपाली काङग्रेसले नेतृत्व लिई रहेको छ । यस्तै ०४ वडामा भने एमालेले नेतृत्व गरिरहेको भए पनि वडा अध्यक्ष रतन विष्टले केहि दिन अघि मात्र पार्टि प्रवेस गरेर समाजवादिमा प्रवेस गरेका थिए । उनी भन्छन मलाई अझ वडा अध्यक्षमा प्रतिसपर्धा गर्ने ईच्छा हुदाहुदै पनि पार्टिले टिकट नदिए पछि मैले विकल्पको रुपमा पार्टि परिर्वतन गरेको हु ।
उसो त ०४ वडा मन्त्रीहरु समेत भईसकेका खेमराज मायालु , एन.पि साउद को जन्म थलो पनि भएकाले यहाको राजनीतिलाई रोचकको रुपमा हेरिन्छ । काङग्रसको गड मानिने यस क्षेत्रमा एमालेले गत चुनावमा विजयी प्राप्त गरेको थियो ।
यी हुन चर्चामा आएका नामहरु
देवराज भट्ट ः
भट्ट भागेश्वर ०४ चुल्लका बासिन्दा हुन। उनी विगत देखि नै विद्यार्थी राजनीति हुदै सामाजिक राजनितीमा आएका हुन् । यस अघि माओवादि केन्द्रमा रहेका यीनी यस पटक भने एमाले बाट टिकट लिएर मैदानमा आउने चर्चा रहेको छ यीनले केहि दिन अघि मात्र ६० जना नेताकार्यकर्ता सहित एमालेमा पार्टि प्रवेस गरेका थिए ।
भट्ट विगत ५ बर्ष देखि सामाजिक कार्यमा सकिृय रहेका छन् भने युवा भएकाले पनि उनलाई युवाहरुले रुचाएको छ ।
भट्ट भन्छन् पदमा नरहदा पनि समाजकै लागि काम गरेको छु र पदमा रहेपछि अझ सकिृय भएर सामाजिक कार्यहरु गर्नेछु । मलाई तपाईले आत्मासमिक्षा गरेर भोट दिनुहोला । म राजनीतिको नाममा व्यापार गर्नेछैन ।
वसन्त चटौत ः
नेपाली काङगे्रस बाट चटौत लाई चर्चामा ल्याईएको छ । पार्टि बाट नाम सिफरिस भएको र पार्टि भित्रै अरु आकांक्षिहरु रहेकाले अहिले नै टिकट फिक्स नभएको चटौत बताउछन् ।
यीनी पेसाले व्यवसायी हुन् ।
पार्टिको जिम्मेवारिका हैसियतले यीनी ०४ का सभापति हुन् । यीनी पनि युवा नै हुन् । पार्टि भित्र अन्तरघात नभए आफुले अत्याधिक मत ल्याएर जित्ने चटौत को भनाई छ । युवा लाई प्रथमिकतामा राखेर चुनावमा होमिएको छु चटौत भन्छन् ।

रत्न बहादुर विष्ट
विष्ट हालका ४ नम्वर वडाका वडा अध्यक्ष हुन् । यीनले भने चुनावकै मुखमा पार्टि अपरिर्वतन गदा बडो रोचकताका साथ यीनलाई हेरिएको छ । यीनी भन्छन् यो चुनावमा पनि बहुमतले नै विजयी हुन्छु ।
जनताहरुले मलाई भोट दिने छन् मलाई विस्वास छ । तर विष्ट उमेरले निकै बृद्धावस्थामा छन् । यीनीले केहि दिन अघि मात्रै एमाले परित्याग गरि समाजवादीमा प्रवेस गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।