२०८३ भाद्र १ सोमबार
२०८३ भाद्र १ सोमबार

निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा ,सयौँ रांगा बोकाको बलि दिने चलन

बैतडी — बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज (शनिवार) जात्रा लागेको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं २ देहिमाण्डौँ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष चैत्राष्टमीमा लाग्ने बलि सहितको जात्रा लागेको हो ।

चैत्राष्टमीको अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा लागेको जात्रामा सयौँ रांगा बोकाको बलि दिइदै छ । मन्दिरमा हरेक बर्ष रांगा तथा बोकाको बलि हुने गरेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा बलिसहित पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

बलि दिए मनोकामना पूर्ण हुन्छ भन्ने जनविश्वासले देवीदेवताका मन्दिर तथा शक्तिपीठहरुमा बलि सहित पूजाआजा गर्ने चलन रही आएको छ । आज विहानै देखि मन्दिर परिससमा भक्तजनहरुको घुइचो लागको छ । निङ्गलाशैनी भगवती मन्दिरमा दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत पुग्ने गरेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।