२०८३ भाद्र १ सोमबार
२०८३ भाद्र १ सोमबार

नेकपा (एमाले)ले मदन भण्डारीको नाम दुरुपयोग गरीरहेको छ ः माधवकुमार नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले)ले मदन भण्डारीको नाम दुरुपयोग गरी राजनीति गरिरहेको आरोप लगाएका छन् । भण्डारीले ल्याएको राजनीतिक सिद्धान्त जनताको बहुदलीय जनवादलाई लिएर पनि गलतरूपमा प्रयोग गरिरहेको अध्यक्ष नेपालले बताए ।

काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा शनिबार पूर्वप्रधानमन्त्री नेपालले भने, ुएमालेले मदन भण्डारीको नामको दुर्नाम गरिरहेको छ । जबजको मान्यतामा कुठाराघात गरिरहेको छ । उनले एमालेमा रहेका इमानदार नेताहरू एकीकृत समाजवादीमा फर्किइरहेको पनि बताएका छन् । आफूहरूले नयाँ पार्टी गठन गरेर कम्युनिस्ट पार्टीको निरन्तरता बोकेको उनको भनाइ थियो ।

नेपालले अबको निर्वाचनमा कृषि, उद्योग, उत्पादन, वनको प्रयोग गरेर समृद्धिमा मुलुकलाई लैजानुपर्ने बताएका छन् । उनले विदेशबाट सीप सिकेर आएका युवाहरूको सीप नेपालमा सदुपयोग गर्नुपर्ने बताए । विज्ञान र प्रविधिको प्रचूर मात्रामा सदुपयोग गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको नेतृत्व गैरजिम्मेवार व्यक्तिको हातमा पुग्दा देशले दुःख पाएको बताएका छन् । ु४२ महिनासम्म सरकारमा बसेका केपी शर्मा ओलीले केही काम गरेनन् । दक्षिणपन्थी आहालमा देशलाई डुबाउने काम गर्न थाले । यस्ता गैरजिम्मेवार मान्टछेहरुको हातमा नेतृत्व पुगेकोले देशले दुःख पाएको छ । कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले सुरु गर्नुपर्ने भएको छ,ु उनले भने ।

पार्टी एक्लै चुनावमा गए पनि सानदार जीत हासिल गर्ने तर गठबन्धनको सिद्धान्तअनुसार आफूहरू अगाडि बढेको एकीकृत समाजवादीका सचिवसमेत रहेका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए । उनले भने, ुएकीकृत समाजवादी पार्टी एक्लै गएर पनि सानदार जित हासिल गर्न सक्छौं । मुलुकको संविधाान लोकतन्त्र समाप्त पार्न खोजेकाले अहिले गठबन्धन बनेको हो । केपी ओलीको सत्ता स्वार्थले लोकतन्त्र समाप्त गर्नका लागि सत्ता गठबन्धन बनेको होइन । संविधानविरोधी शक्तिलाई परास्त गर्नुपर्ने अवस्था छ । एकआपसको अस्तित्व स्वीकार गरेर जानुपर्ने अवस्था छ ।ु

पार्टीले शिक्षा, स्वास्थ्य, रोजगार, कृषिको क्षेत्रमा विकास गर्ने र समाजमा रहेका तमाम असमानता विरुद्धमा काम गर्न अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।