२०८३ भाद्र १ सोमबार
२०८३ भाद्र १ सोमबार

स्थानीय तहको म्यादको पेशी वैशाख २ गते

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगद्वारा जारी आचारसंहिता लागू भइसकेको छ । आचारसंहिता लागू भएपनि सर्वोच्च अदालतले भने स्थानीय तहका प्रतिनिधिले पाँच वर्षसम्म कार्यकाल बिताउन पाउनुपर्ने भन्दै दायर गरिएको रिटबारे अझै फैसला सुनाएको छैन ।

महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार सिंहले स्थानीय तहका प्रतिनिधिले पाँच वर्षसम्म कार्यकाल बिताउन पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले पुरै पाँच वर्ष कार्यकाल बिताउन नपाएको भन्दै दिएको रिटको पेशी वैशाख २ गते तोकिएको छ ।

सो रिटमा अन्तरिम आदेश नदिए पछि वैशाख २ मा निर्वाचन आयोगलगायत दुवै पक्षलाई सर्वोच्च अदालतमा हाजिर हुन बोलाइएको छ । जुन रिटका कारण स्थानीय तहको निर्वाचन ३० वैशाखमा नहुने हो कि भन्ने आशंका व्याप्त रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।