२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

अब मोबाइलबाटै स्वास्थ्य बीमा उपचार खर्च हेर्न सकिने

काठमाडौं — स्वास्थ्य बीमा गराएका नागरिकले अस्पतालमा उपचार गर्दा कति खर्च भयो भन्ने जानकारी मोबाइलबाट पाउने भएका छन् ।
स्वास्थ्य बीमा बोर्डले छैटौं बार्षिकोत्सवको अवसरमा २५ चैतदेखि मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउने भएको छ । बोर्डका कार्यकारी निर्देशक दामोदर बर्सौलाले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको बताए ।
बर्सौलाका अनुसार उक्त एप्समा बिमितिको के के उपचार भयो रु कति खर्च भयो रु अब कति रकम बाँकी छ भन्नेबारेका सबै विवरण हेर्न सकिनेछ । ‘एचआईबी मोबाइल एप्लिकेसन मार्फत नागरिकलले सहज रुपमा स्वास्थ्य सेवाको बारेमा जानकारी पाउँछन् । जसले गर्दा रकम दावीमा पनि पारदर्शीता हुने देखिन्छ,’ बर्सौलाले भने ।
यस्तैगरी, शुक्रबार नै स्वास्थ्य बीमा नवीकरण गर्ने एप्लिकेसन पनि सार्वजानिक हुनेछ । उक्त एप्लिकेसनमार्फत एक पटक बीमामा आबद्ध भएका बिमितिले मोवाइलमार्फत नै नवीकरण गर्न सक्नेछन् । बर्सौलाले भने, ‘अहिलेसम्म दर्ता सहयोगीले नवीकरण गर्नुपर्ने व्यवस्था थियो । अबदेखि बिमितले घरमै बसेर पुनः नवीकरण गर्न सक्छन् ।’

२०७२ चैत २५ देखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्लामा विस्तार भएको छ । पाँच जनाको परिवारले वार्षिक तीन हजार ५०० रुपैयाँ रकम तिर्दा एक लाख रुपैयाँसम्मको उपचार निशुल्क गर्न सक्छन् ।

परिवारमा पाँच जना भन्दा बढी सदस्य भए प्रति सदस्य ७०० रुपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ । बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम दुई लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् ।

६ वर्षमा २० प्रतिशत नागरिकमात्रै आबद्ध

हालसम्म ५३ लाख ४ हजार ७० जना अर्थात २० दशमलव ३ प्रतिशत व्यक्तिहरु मात्रै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रम लागु भएको ६ वर्ष पुगेको अवसरमा शुक्रबार ‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ मूल नारासहित स्वास्थ्य बीमा दिवस मनाइँदै छ ।

यो पनि पढ्नुहोस

कमजोर गुणस्तर, झन्झटिलो प्रक्रिया स् स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पर्ने खतरा
पाँच वर्षभित्र तीन करोड नागरिकलाई समेट्ने महत्वाकांक्षी लक्ष्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म २० प्रतिशत आबद्ध भएका छन् । जसमध्ये नवीकरण गराउनेको दर ७० प्रतिशत मात्र रहेको बोर्डको तथ्यांक छ ।

देशभर कूल बीमित परिवार १५ हजार ८ सय ५१४ अर्थात कुल परिवार संख्याको २७ दशमलब ७९ प्रतिशत मात्र छन् । कूल बीमितमध्ये ३९ दशमलब ३९ अर्थात २० लाख ८९ हजार ५९९ जनाले सेवा लिएका छन् ।

कुल बिमितमध्ये अति गरिब परिवारको बीमित सदस्य संख्या चार लाख ८८ हजार ४, ज्येष्ठ नागरिक परिवारको बीमित सदस्य संख्या ६ लाख ३४ हजार ७३५, एचआईभी संक्रमित परिवार बीमित सदस्य संख्या २५ हजार २८९ रहेको बोर्डले जनाएको छ ।

त्यसैगरी, अति अशक्त अपागंता भएका परिवारको बीमित सदस्य संख्या ९३ हजार ६२९, कुष्ठरोग संक्रमितको परिवारको बीमित सदस्य संख्या दुई हजार ८४९, एमडिआर क्षयरोगी परिवारको बीमित सदस्य संख्या दुई हजार ४७४ र महिला स्वास्थ्य स्वयंसेविका परिवारको बीमित सदस्य संख्या ८३ हजार ६२६ बीमा आबद्ध भएका छन् ।

यो पनि पढ्नुहोस
‘स्वास्थ्य बीमा छ भन्नु मात्रै हो’
सरकारी स्वास्थ्य संस्थाहरुमा चिकित्सकको अभाव भएको तथा उपलब्ध चिकित्सक एवं कर्मचारीको अपनत्व नलिएको कारणले बिमित नागरिकले सेवा पाउन कठिन भएको बोर्डका कार्यकारी निर्देशक वर्सौला बताउँछन् ।

कर्मचारीको स्थायी दरवन्दी नहुदा र सर्वसाधारणलाई बीमाको विषयमा अझै बुझाउन नसक्दा नवीकरण गर्ने बिमितको संख्यामा कमी आएको उनको भनाइ छ ।

‘सेवाग्राहीको चाप बढ्दै गएकाले सेवा प्रदायक संस्थामा व्यवस्थापन गर्न समस्या देखिएको छ । जसलाई समधान गर्न बोर्डमा जनशक्ति बढाउनु पर्नेदेखि प्रदेश तथा स्थानीय निकायले बीमाको स्वामित्व तथा अपनत्व ग्रहण गर्नुपर्छ,’ बर्सौलाले भने ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।