धनगढी । धनगढीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फुलबारी सीगाउँँका अन्दाजी ४५ वर्षीय अमरबहादुर चन्दको प्रहरी हिरासतमा मृत्यु भएको हो ।
मदिरा सेवन गरी घरमा झगडा गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि मंगलबार राति ३ बजे सीमा प्रहरी चौकी फुलबारीले उनलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले हिरासतमा राखेका उनको बुधबवार विहान शौचालयमा मृत्यु भएको बताइृएको छ । यद्यपी उनको केकति कारणले मृत्यु भएको भन्ने खुल्न बाँकी रहेको छ ।
चन्दको शव पोष्टमाटमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।
Views: 39