दिपक राज भट्ट
डडेल्धुरा — निर्वाचन आयोगले वैशाख ३० गते स्थानीय तह निर्वाचन मिति घोषण गरेको छ ।
डडेल्धुराको भागेश्वर गाउपालिकामा पनि स्थानीय निवाचनले माहोल तताएको छ । अहिले नेता कार्यकर्ताहरु टोलटोलमा जाने गरेका छन् ।
स्तानीय चुनाव २०७८का लागि भागेश्वर गाउपालिकामा चर्चामा रहेका छन् यी नामहरु ः
कौशिला कुमारि भट्ट
कौशिला कुमारि भट्ट हाल गाउपालिका अधक्ष्य पद समालिरहेकि छिन् । उनी विद्यार्थि राजनिति हुदै आएकि हुन् । पाच बर्षमा उनले मुख्य विकासका कार्यहरुमा महिला हिंसा अन्त्य लाई राखेकि हुन् ।
पालिकामा सड्क ,स्वास्थ्य,खानेपानी, र शिक्षा क्षेत्र लाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाई छ । उनी भनिछन जनताले चाहे पछि आफु पुन पालिका अध्यक्षमा दोहरिन सक्छु । पार्टिले के निर्णय गर्छ त्यसकै आधारमा चल्छु भट्टको भनाई छ ।
दिपक महताः
महता नेकपा (एमाले) बाट गाउपालिकाको अधक्ष्य पदका आकांक्षि हुन्। उनी २०४८ साल देखि पार्टिमा निरनतर लागेको बताउछन् । हाल महता पार्टिको भागेश्वर गाउपालिका एकाईका अध्यक्ष पद समालिरिहेका छन् । उनी खबरदारी न्युज संगको कुराकानी भनछन मैले पालिका अध्यक्ष पदमा उम्मेदवारि दिनका यी कारणहरु हुन् ः
पालिका केन्द्र छनौट, भोश्वरको रुपाली गाड र साविकको भागेश्वर सड्क कालोपत्रे गर्ने ।
तर महता अघिल्लो स्थानीय चुनावमा वडा अध्यक्षमा भने पराजित भएका थिए यस बिषयमा उनी भन्छन् मैले हार्नुको कारण जनमत नपुग्नु हैन कि मतहरु त आएकै हुन केहि मतहरु बदर भए भने केहि मतहरु बागी उम्मेदवारका कारणले यताउता हुनु पुगेका हुन् । म संग जनमत छ म पालिकाको अध्यक्ष पदमा आकांक्षि हु पाटिले पनि मेरो कामको मुल्याङकन गरेर मलाई विस्वास गर्ने छ । महता भागेश्वर गाउपालिका ०५ का बासिन्दा हुन् ।
पुस्प भट्टः
भट्ट नेकपा (माओवादी केन्द्र) बाट पालिका अध्यक्षमा आकांक्षि रहेको बताउछन् । भट्ट खबरदारी न्युज संगको कुराकानी भनछन मलै अध्यक्षमा आकांक्षि हुनुका कारणहरु हुन पालिकाको केन्द्र सहि सबै लाई सुहाउदो ठाउमा राख्ने , भारत संगको रुपालि नाका विस्तार गर्ने ।
भट्ट अहिले माओवादी केन्द्रका भागेश्वर गाउपालिका अध्यक्ष हुन् । भट्ट विद्यँर्थी राजनीति हुदै पार्टि राजनितिमा आएका हुन् । उनी भागेश्वर गाउपालिका ०४ का बासिन्दा हुन् ।
हेमराज चटौत ः
चटौत नेपाली काङग्रेस बाट पालिका अध्यक्षमा आकांक्षि रहेका छन् । उनी भन्छन् हामी पार्टिको घोषण पत्र अनुसार जान्छौ । पार्टिले विस्वास गरेर टिकट दिएमा आफु जनता माझ अझ ससंक्त भएर जाने बताउछन् ।
उनी ०४४ साल देखि नेविसंघको राजनीति हुदै पार्टि राजनितीमा आएका हुन् ।उनले जिल्ला पार्टिमा तीन कार्यकाल पार्टिको सचिव पद समालिसकेका छन् । उनी भागेश्वर ४ का बासिन्दा हुन् ।





















