२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

प्रधानमन्त्री देउवाको भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर : भारतीय विदेश मन्त्रालय

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर भएको बताएका छन् ।

भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितमा नेपाल–भारत द्विपक्षी बैठक सुरु हुनुअघि उनले समामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हाम्रा दुई देशबीचको मित्रता र सहयोगको विशेष सम्बन्धलाई प्रगाढ बनाउने नयाँ अवसर,’हैदरावाद हाउसमा देउवा र मोदी भेटघाट गरेको तस्विर सेयर गर्दै उनले लेखेका छन् । भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली पुगेका हुन् । उनको आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।