२०८३ भाद्र २४ बुधबार
२०८३ भाद्र २४ बुधबार

नङ माथी मासु नाई, चुडी पर गाउँ नाई


कुनै गाउँ नै नदेखिने चुडी गाउँको कथा र पिडा

पुस्कर भण्डारि
डडेल्धुरा । बिहान देखी बेलुकी सम्म पारी तर्फ भारतका सडक र घरहरु देखिन्छन । साँझ परे पछी झिलिमिली बिजुली बत्ति । तर गाउँमा उज्यालो छैन । सडक पनी छैन । कक्षा पाँच सम्म पढाई हुने प्राथमिक बिद्यालय छ । स्वास्थ्य संस्था पनी छैन । नेपालका कुनै गाउँहरु पनी देखिदैन्न । त्यसैले त एउटा आन नै बनेको छ । नङ माथी मासु नाई, चुडी पर गाउँ नाई । अर्थात उखान बनेको छ । नङ माथी मासु छैन, चुडी पर गाउँ छैन ।

भागेश्वर गाउँपालिका–१ मा पर्ने चुडी गाउँ सिमा नदी महाकाली भन्दा केही माथी छ । गाउँ बाट महाकाली नदी पुग्न ओरालो करिब एक घण्टा पैदल हिड्नु पर्छ । महाकाली पारी डाँडामा भारतका तामेली बजार लगायत अन्य गाउँ बजारहरु छन । त्यहा कालोपत्रे सडक, बिजुली बत्ति लगायत मानिसलाई आवश्यक पर्ने सबै सेवा सुबिधाहरु छन । तर चुडी गाउँमा भने सडक बत्ति केही पनि छैन । करिब २८ घरधुरी रहेको गाउँ बाट टाढाँ टाढाँ सम्म कुनै गाउँ वस्तिहरु नै छैन्न ।

सामान्य औषधी उपचारका लागी आधारभूत स्वास्थ्य केन्द्र सम्म करिब दुई घण्टा पैदल हिडेर पत्रम पुग्नु पर्छ । साढे तिन चार घण्टा उकालो हिडे पछी दुनी सम्म पुगेको ग्रामिण सडक छ । कक्षा ५ भन्दा माथी पढ्न पनि पत्रम नै पुग्नु पर्छ । भात खानाका लागी गाउँमा धान कुट्ने ढिक्की ओखल छन ।

रोटी खान गहु, मकै, कोदो पिठ्युमा बोकेर डेढ/दुई घण्टा पैदल हिडेर खोला किनारका घट्ट पुगेर पिठो बनाउनु पर्छ । तोरी पेल्न पाँच घण्टा पैदल हिडेर या त रुपाल नभए एक दिनभरी हिडेर परशुराम नगरपालिकाको शिर्ष पुग्नु पर्छ । २०६५/२०६६ सालमा गाउँमा बनेका ८ वटा धारा छन । स्थानिय सरकारले नोला संरक्षण र पाईप खरिदका लागी केही रकम उपलब्ध गराएकाले खानेपानीको जोहो भईरहेको छ । यि यस्तै समस्यै समस्याले थिचिएर बाँचेका छन चुडी गाउँवासी ।

माईती घर कठै लाडी ला, बिजुली बल्याको ला, बिजुली बल्याको ।
हाम्रा गाउँमा कठै लाडी ला, अनारोई पण्याको ला, अनारोई पाण्याको ।
तेती खेर कठै लाडी ला, मन मेरो रोयाको ला, मन मेरो रोयाको ।

उमेरले ३४ वर्ष पुगेकी जानकी देवी ऐडीले आफ्नो बिहे पछी ससुरालमा आउदाको पिडा गित बाट सुनाईन । उनको माईती भागेश्वर गाउँपालिका–१ कै जाख हो । उनका जेठो छोराको उमेर १९ वर्ष पुग्यो । उनको बिहे हुनु अघि नै जाख गाउँमा बत्ति बलेको थियो । जाख बाट बिहे गरेर चुडी पुगेकी ऐडीका मनमा लागेको पिडा माथिको देउडा ढाँडी भाकाको लयमा सुनाईन ।
आँम भाडी आँमैका रुख, आँमदानी पाक्याको ।
गाउँका अन्यारा धेकी, हृदय रोयाको ।

त्यस बखतका दिन सम्झिदै उनले गितको अर्काे टुक्का मार्फत वेदना पोखिन । हाल भने गाउँमा बत्ति बाल्न भन्दै गाउँलेहरु दिन रात नभनी लघु जल बिद्युत निर्माणको काममा जुटेका छन । गाउँ भन्दा साढे चार किलोमिटर टाढाँ बाट नहर पक्कि नहर बनाई गाउँमा पानी पुगेको छ । बत्ति बाल्न हाईड्रोको काम धमाधम भईरहेको छ ।

खच्चर र पिठ्युमा आवश्यक सामाग्रीहरु बोकी गाउलेहरु हाईड्रो पावर निर्माण कार्यको लगभग अन्तिम चरणमा पुगेका छन । आउदो नयाँ वर्षमा गाउँमा बत्ति बाल्ने योजनामा गाउले छन । घर घरमा वायरिङ्गको काम पनी सकिनै लागेको छ । पोलहरु गाडेर तार तान्ने काम सकिएको छ । पावर हाउसको घर पनि निर्माण भई उपकरणहरु समेत जडान भई सकेका छन ।

शुरुमा आर्थिक वर्ष २०७२/२०७३ साल तिर सिंचाई कार्यालय डडेल्धुरा बाट केही रकम विनियोज भई नहर निर्माणको काम थालिएको थियो । संघियता पछी आर्थिक वर्ष २०७६/२०७७ मा भागेश्वर गाउँपालिकाले १५ लाख रकम विनियोजना गरी नहर निर्माणको काम पुनः थालेको थियो । त्यस पछी आर्थिक वर्ष २०७७/२०७८ मा संघिय सरकार र गाउँपालिकाको समपुरक बजेटमा ७९ लाख रकम बराबरमा ठेक्का सम्झौता मार्फत नहरको काम भएको गाउँपालिकाले जनाएको छ ।
यस वर्ष पनी संघिय सरकार र गाउँपालिका गाउँपालिकाको गरी करिब १० लाख बजेट विनियोजन गरिएको छ । जसमा साढे सात लाख रकम नहर मर्मतमा खर्च भईसकेको गाउँपालिकाका सव ईञ्जिनियर रमेश ऐरले बताए । गएको कार्तिक महिनामा भएको वेमैसमी वर्षाले नहरमा क्षती पुगाए पछी मर्मत गरिएको उनले बताए ।

ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) द्धारा सञ्चालित ट्रोसा परियोजनाले हाईड्रो पावर निर्माणको काम गरिरहेको छ । परियोजना र सरकारको गरी कुल एक करोड १० लाख रुपैयाँ लागतमा लघु जलबिद्युत योजना सम्पन्नको चरणमा रहेको परियोजना संयोजक अमर साउदले बताए ।
चुडी गाउँमा २८ घरधुरी रहेका छन । अन्धकारमा रहेको चुडी गाउँमा बत्ति बल्ने भए पछी स्थानिय खुसी भएका छन । हाईड्रो पावर निर्माण संगै गाउँमा बिजुली र कुटानी, पिसानी, पेलानीका लागी मिल जडान समेत गरिने संयोजक साउदले बताए ।
चुडी गाउँ । तस्बिरः गणेश मगर

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।