कृष्ण साउद
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन् ।बँदेलको आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका अन्दाजी ५५ वर्षीय आनन्दसिंह भाट घाइते बनाएको भएका हुन ।
मर्निङ वाकमा कसरौलबाट वनसमितितर्फ सडकमा दौडिरहेका बेला बँदेलले एक्कासि आक्रमण गरी उनलाई घाइते बनाएको हो ।



घाइते भाटको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । “कुकुरले नजिकैको सामुदायिक वन क्षेत्रबाट बँदेललाई लखेटेर ल्याउँदै गरेको थियो”, स्थानीय प्रत्यक्षदर्शी धनबहादुर चौधरीले भने, “सोही बेला सडकमा दौडिरहेका भाटलाई एक्कासि जम्काभेट हुँदा बँदेलले आक्रमण गरी घाइते बनायो।”
बँदेलको आक्रमणबाट भाटको हात र खुट्टामा गहिरो घाउ लागेको छ । भाट नेपाली सेनाबाट सेवानिवृत जवान हुन् ।
यसअघि पनि बँदेलको आक्रमणबाट बेदकोट नगरपालिका क्षेत्रका ७ जना एकै दिन घाइते भएका थिए ।

























