२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाएकी किशोरीलाई साढे ३ वर्ष जेल सजाय

कैलाली । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ ।

अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय सुनाएको हो ।

उक्त फैसला जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले गरेको हो । गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।

विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको बयान दिएकी थिइन् । किशोरीले पुरुष भुईँमा र आफू बहिनीसँग सुतेको अवस्थामा राति ११स्३० मा जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

पुरुषले जबरजस्ती करणी नगरेको तर, सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए । भोलिपल्ट घरबाट विवाह नगर अहिले मान्छे बितेका छन् भनेपछि आफूहरू फर्किएको उनले अदालतमा बयान दिएका छन् ।

सुरमा जबरजस्ती करणी गरेको बयान दिएकी किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएकी थिइन् ।

युवतीको उजुरीपछि बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषलाई अदालतले सफाइ दिइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।