२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसः डडेल्धुरामा निशुल्क आखा जाच

डडेल्धुरा
आज देशभर नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवस मनाईदै छ । पत्रकार महासंघ शाखा डडेल्धुराले आज स्थापना दिवसको अवसरमा निशुल्क आखा जाच कार्यक्रम गरेर मनाएको छ । निशुल्क आखा जाच कार्यक्रममा डडेल्धुराका २४ जना पत्रकारहरुको आखा जाच गरिएको छ । पत्रकार महासंघ जिल्ला शाखा डडेल्धुराको आयोजना र अन्नपुर्ण अप्टिकल आखा उपचार केन्द्रकको सहयोगमा कार्यक्रम गरिएको छ । २४ जना मध्ये ७ जनाले चस्मा प्रयोग गर्ने अवस्था रहेकाले चस्मा निशुल्क उपलब्ध गराउनुका लागि महासंघले पहल चाल्ने अधक्ष्य हिक्मत सिंह ले जानकारि दिए ।
स्थापनाबिन्दुः जेठ २००८
जहानिया“ राणाशासनको अन्त्यस संगै २००७ सालमा मुलुक आधुनिक युग, चेतना र लोकतन्त्रको मिर्मिरे बिहानीमा प्रवेश ग¥यो । स्वतन्त्रता बहाली भएको त्यही उषाकालमा २००८ साल जेठमा ९ गते प्राप्त हुन नसकेको सत्यनारायणबहादुर श्रेष्ठ सभापति र भोजबहादुर सिंह न्यौपाने (सेक्रेटरी) रहेको नेपाल पत्रकार संघ स्थापना गरिएको थियो । २००९ साल वैशाख २२ मा आर्यसमाज मन्दिर भोटाहिटीमा दोस्रो सभा गरी पत्रकार संघको नेतृत्वमा विस्तार र पुनःगठन गरेको देखिन्छ, जसअनुसार सत्यनारायणबहादुर श्रेष्ठ (सभापति), प्रेमराज शर्मा (उपसभापति), भोजबहादुर सिंह न्यौपाने (सेक्रेटरी), रामहरि जोशी (ज्वाइन्ट सेक्रेटरी) र रामराज शर्मा ९कोषाध्यक्ष० तथा सदस्यमा नारायणप्रसाद उपाध्याय, देवेन्द्रराज शर्मा, भीमभक्त जोशी र प्रकाशचन्द्र टन्डन रहनुभएको थियो । स्थापनाकालमा नेपाल पत्रकार संघको उद्देश्य ‘नेपाली पत्रकार तथा नेपाल बाहिरका पत्रकारको संगठन गरी तिनीहरूको आवश्यक सुविधाका लागि प्रयत्नशील रहनु र नेपाल बाहिरका पत्रकार संंग सम्बन्ध स्थापित गरी नेपालका श्रमजीवी पत्रकार र समाचारपत्रको अधिकारको रक्षा गर्नु’ रहेको थियो । २००९ साल पुसमा संघले सरकारसमक्ष आफ्नो तर्फबाट मागपत्र प्रस्तुत गरेको पाइन्छ । (दैनिकि खबर बाट)

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।