२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु , ५ जना घाइते

बैतडी–बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार साँझ पाटनबाट सुर्नया तर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएको हो ।
मिनी ट्रक पल्टिँदा ६ जना घाइते भएका र ६ जना मध्ये एकजनाको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । सुर्नया गाउँपालिका ३ का २५ बर्षीया दुर्गा चन्दको मृत्यु भएको उनले बताए ।
त्यस्तै दुर्घटनामा परेर सुर्नया गाउँपालिका ३ का ३५ बर्षीया माधवी चन्द, ३५बर्षीया वसन्ती भट्ट र ३३ बर्षीया कलावती भट्ट घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।
यस्तै समान्य घाइते भएका सुर्नया ३ कै २८ बर्षीया निर्मला चन्द र ३३ बर्षीया पार्वती बिष्ट पाटनमा उपचार पछि घर फर्किएका प्रहरी निरीक्षक शाहीले बताए ।
घर पोत्नका लागि रातो माटो ल्याउन उनीहरु पाटन गएका बुझिएको छ । ट्रक चालक पाटन ४ का विरेन्द्र खत्री फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।