२०८३ कार्तिक २ आईतवार
२०८३ कार्तिक २ आईतवार

रजत जयन्तिको अवसरमा महोत्सव हुदै ः कर्णली वारिका कलाकारको प्रस्तुती रहने

चैत ८ गतेदेखि ‘डडेल्धुरा महोत्सव २०७८’ हुने
डडेल्धुरा — डडेल्धुरामा ‘डडेल्धुरा महोत्सव २०७८’ हुने भएको छ।

अमरगढी नगरपालिकाको आयोजनामा चैत ८ गतेदेखि १० गतेसम्म टुँडिखेलमा ‘डडेल्धुरा महोत्सव २०७८’ हुने भएको हो।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले महोत्सव बारे जानकारी दिएको हो।

रजत जयन्तिको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गर्न लागेको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले बताए।

महोत्सवले स्थानीय कला ससंकृतिको संरक्षण गर्ने नगरप्रमुख ओझाले जिकिर गरे।
महोत्सवमा सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणमा जोड दिइनेछ।

प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गरिन लागिएकोले कर्णाली पारीका कुनै पनि कलाकारलाई महोत्सवमा स्थान नदिइने ओझाको भनाइ छ।

महोत्सवमा सुदूरपश्चिमका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै हुडकेली, छलिया, डेउडालगाएतका स्थानीय प्रस्तुति हेर्न सकिनेछ। महोत्सव निःशुल्क हेर्न पाइनेछ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।