डडेल्धुरा — नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ दल र दुई मोर्चाले बिरोधका कार्यक्रम घोषणा गरेको छ । फागुन १५ गते बसेको प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेपछि बिरोधका कार्यक्रम तय गरेको हो ।



विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसिसी खारेजी माग राख्दै बिरोधका कार्यक्रम घोषणा गरेको हो ।
यस्ता छन् बिरोध कार्यक्रमः
फागुन २० गते काठमाडौं उपत्यकामा विशाल बिरोध प्रर्दशन र बिरोध सभा
फागुन २२ गते बुद्धिजिबीहरुको अन्तरक्रिया
फागुन २४ गते देशव्यापी बिरोध प्रर्दशन र सभा
फागुन २६ गते विद्यार्थीहरुको देशव्यापी क्याम्पस र विद्यालयहरुमा प्रर्दशन र सभा
फागुन २८ गते युवकहरुको देशव्यापी बिरोध प्रर्दशन र सभा
फागुन ३० गते मजदुरहरुको देशव्यापी बिरोध प्रर्दशन र सभा
चैत २ गते किसानहरुको देशव्यापी बिरोध प्रर्दशन र सभा
चैत ४ गते श्रमिक, दलित समुदाय मोर्चाको देशव्यापी प्रर्दशन र सभा
चैत ६ गते राष्ट्रिय मुक्ति ‘जातीय÷क्षेत्रिय’ मोर्चाहरुको देशव्यापी बिरोध प्रर्दशन र सभा

























