२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

केपी शर्मा ओलीमा दिमागी समस्या छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा दिमागी समस्या रहेको आरोप लगाएका छन् । उनले ओलीको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना लगाएको उनको आरोप छ ।
उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले आजै गरेको पत्रकार सम्मेलनमा प्रयोग गरेको भाषाको पनि आलोचना गरे ।
उनले ओलीमा देश शक्तिको भावना नरहेको जिकिर गर्दै उनले दक्षिणपन्थको बाटो अँगालेको बताए । दक्षिणपन्थ अँगालेको मान्छे कम्युनिस्ट र देशभक्त हुन लायकै नहुने उनको भनाइ छ । एमसीसीमाथि आशङ्का खडा गर्ने काम केपी ओलीले नै सरकारमा हुँदा गरेको जिकिर गर्दै नेता नेपालले त्यसमा उनको क्याबिनेटका मन्त्रीहरूको पनि दोष रहेको बताए ।
यसबारे प्रश्न उठाउँदा ओलीले नेता कार्यकर्तामाथि लाञ्छना लगाउनुका साथै आत्मालोचना पनि नगरेको नेपालले बताए । ओलीमा व्यक्तिवाद र अधिनायकवादी चिन्तन रहेको बताउँदै नेपालले उनमा आफूमाथि कसैले औँला ठड्याएर समाप्त पार्ने सोच रहेको आरोप लगाए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।