२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

सुदूरपश्चिममा भ्रष्टाचार हुने जिल्ला डडेल्धुरा छटौं स्थानमा ः अरु जिल्ला कतिऔं स्थानमा हेरौ सुचि

डडेल्धुराः
सुदूरपश्चिममा सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको क्रम संख्यामा डडेल्धुरा भने छटौं स्थानमा परेको छ । सबै भन्दा बढि भ्रष्टाचार हुने जिल्लामा कैलाली, दोस्रोमा बैतडी रहेको छन् ।
सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीपछि बैतडी दोस्रो नम्बरमा भ्रष्टाचार बढी हुने जिल्लाको सूचीमा रहेको पाइएको छ ।
शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका १० वटै‚ थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा पेस गरिएको तथ्याङ्कअनुसार सुदूरपश्चिमका नौवटा जिल्लाबाट परेका एक हजार ३९ वटा उजुरीको छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेलले बताए ।
अख्तियारका अनुसार ः
कैलालीका २९५
बैतडीका १५८
कञ्चनपुरका १४४
बझाङका ११९
दार्चुलाका ९७
डडेल्धुराका ८१
डोटीका ७७
अछामका ७४
बाजुराका ४८
गरेर एक हजार ३९ वटा उजुरीमाथि छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दिनेशबहादुर खड्काले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।