महेन्द्रनगरको शिवधाममा राजेन्द्र लिङ्देन, यस्तो छ आजको कार्यक्रम !
8
Shares
facebook sharing buttontwitter sharing buttonsharethis sharing button
१७ फाल्गुण मंगलबार, २०७८ | ०८:५९:०० मा प्रकाशित
simarekha
महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन महेन्द्रनगर पुगेका छन् । राप्रपा कञ्चनपुरले आज दिउँसो महेन्द्र सालिकमा आयोजना गर्ने आम भेलालाई सम्बोधन गर्न अध्यक्ष लिङ्देन महेन्द्रनगर पुगेका हुन् ।



उनले मंगलबार बिहान शिवरात्रीको अवसर पारी महेन्द्रनगरस्थित शिवधाममा पूजा–आराधना गरेका छन् । बिहान ११ बजे राप्रपा कञ्चनपुरको आम भेला सुरु हुनेछ ।
भेलालाई केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बिक्रम पाण्डे, महासचिव धवलसमसेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका भीमदत्त नगरपालिका अध्यक्ष करन सिंह पालले जानकारि दिए । ।

























