२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

सुदूरपश्चिमका साढे चार हजार संक्रमित डिस्चार्ज

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार नजिक पुगेको छ।

मंगलबार १२ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या चार हजार नौँ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

स्वास्थ्य निर्देशनालयको तथ्याङक अनुसार नौ वटै जिल्लाबाट साढे चार हजार बढि संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

निर्देशनालयले मंगलबार कञ्चनपुरका १४ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या चार हजार ५५ पुगेको जनाएको छ। प्रदेशभर आठ सय ९८ एक्टिभ केस अथात् सक्रिय सक्रमित रहेका छन्।

सबैभन्दा बढि कैलालीमा दुई सय ३१ जना छन्। डोटीमा एक सय ६७, बझाङमा एक सय ७४, बैतडीमा १५, दार्चुलामा ३०, अछाममा ५०, कञ्चनपुरमा ३५, बाजुरामा १५ र डडेल्धुरामा पाँच एक्टिभ केस रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

 सुदूरपश्चिममा सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ८० जनामा संक्रमण पुष्टि भएको छ।

डोटीका सात सय ९२, अछाममा सात सय ३१, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ७८, डडेल्धुराका तीन सय १२ जना, बैतडीका दुई सय ९८, बझाङका दुई सय ९५ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका मध्ये १० जनाको मृत्यु भएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।