सुदुरपश्चिममा केही दिन देखीको लागातरको बर्षाका कारण सेती नदिका किनारमा रहेका घरहरु जोखिममा परेका छन ।
डोटीको शिखर नगरपालिका वडा न,११ का सेती नदिका किनारमा रहेको नाताब बस्ति उच्च जोखिममा परेको हो ।
लागातार वर्षाका कारण नदि किनारमा रहेका नौसरा देबि बलायर , पशुपति दमाई, बिनोद नेपाली, राजेश दमाई र प्रेम नेपाली लगायतका थुप्रै घरहरु जोखिममा रहेका छन ।
बर्षाका कारण नदि किनारका घरमा जोखिम बडेको स्थानिय युवा दीपक बलायरले बताए । नाताब बस्तिका करिब ७ वटा घरहरु उच्च जोखिममा रहेका छन ।
बिनोद नेपाली भन्छन, राती सुत्न नि गाह्रो छ कसरी सुत्ने,
त्यस्तै नौसरा देबि बलायर अर्को घर लाई पनि ठाउँ छैन घर लगाउन पनि ठाउँ छैन उनी भन्छिन ।
पशुपति दमाईको पनि आफ्नै पिडा छ उनी भन्छिन, नदीको डरले राती निन्द्रानै लाग्दैन ।
सुदुरपश्चिममा केही दिन देखीको बर्षाका कारण सेती नदीमा पनिको बढ्न गएको हो । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ।
सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८४ क्युसेक रहेको छ। यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो।