दिपक राज भट्ट (डडेल्धुरा) — डडेल्धुरामा महिला मुद्धाका बिषयमा रुडुक डडेल्धुराले छलफल संगै सचेतना अभियान थालेको छ ।
हमरगढी नगरपालिकाका सबै वडामा यो कार्यक्रम गरिदै छ । वडा नंम्बर २ र सातमा कार्यक्रम समापन भई सकेको छ ।
बिशेष गरेर महिलाहरुका समस्याहरुमा मदिरा सेवन,जुवातास रहेका छन् ।
कार्यक्रमले महिलाका मुद्धा पहिचान गर्ने र सम्बन्धित निकाय (जिल्ला प्रहरी कार्यालय ) र प्रशासन कार्यालय संग जवाफ माग्ने गरेको रुडुक डडेल्धुरा संयोजक सरस्वति खड्काले बताईन् ।
कार्यक्रम महिलाहरुको प्रतक्ष्य सहभागितामा जिल्ला प्रहरी कार्यालय प्रमुख र जिल्ला प्रशासन कार्यालय प्रमुखको सहभागितामा गरिएको छ ।
कार्यक्रममा ६० देखि ७० जना महिलाहरुको सहभागिता रहेको थियो ।
मदिरा जुवातासले हिंशा बढेको र यसलाई नियन्त्रण गर्नुका लागि पहल चालिदिनु सहभागि महिलाहरुको माग रहेको छ ।
यो कार्यक्रम महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र रुडुक डडेल्धुराको आयोजनामा भएको छ ।




























